१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । 

आइतबार महानगरीय अपराध महाशाखाबाट खटीएको बिशेष अनुसन्धान टोलीले काठमाडौं चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय युवक लामा, नुवाकोटका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाका २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोकका २० वर्षीय सुभाष गिरी र रसुवाका २० वर्षीय दावा घले रहेका छन् । 

उनीहरुलाई आवश्यक कारबाहीको लागी सोमबार जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।