२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार, मृत्यु भएका विदेशी पर्यटकको शव उठेन



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए ।  मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ राई, दीपक कुलुङ राई, दीनेन्द्र कुलुङ राईलाई हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिनुभयो । 

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताउनुभयो । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताउनुभयो । मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो । गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै  मकालुतर्फ आधार शिविर गएका थिए । 

मृत्यु भएका विदेशी पर्यटकको शव उठेन 

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको शव चार दिन बित्दा पनि उठ्न सकेको छैन । गत शुक्रबार मकालु–२ मकालु आधार शिविरमा एडर्शनको मृत्यु भएको थियो । मृतक एडर्शनको शव कानूनी प्रक्रिया सकेपछि मात्र उठ्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।