१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिमा पौडेल कि ‘पौडेल पक्ष’का उम्मेदवार ?



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताए । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफू सभापतिको उम्मेदबार हुने बताएका हुन् । उनले आफू नै सभापतिमा उठ्ने भनेर सार्वजनिक रुपमा खुलेका थिएनन् । हिजो बाँके पुगेर मुख खोले । 

पौडेलले मुख खोलेका मात्र होइनन् कि यहाँ रमाइलो कुरा त के छ भने उनले अझै पनि पार्टीमा भन्ने गरिएको ‘पौडेल पक्ष’ अर्थात् संस्थापन इतर पक्षबाट आफूमात्र उम्मेदबार हुन्छु भन्न सकेनन् । पार्टीको १४ औँ महाधिवेशन सम्मुखमा छ । यतिबेलासम्म त अरु पदाधिकारी नभए पनि कम्तीमा पनि सभापतिका उम्मेदवार को हुने भनेर घोषणा गरिसक्नुपर्ने हो । पौडेल पक्ष भनिएको समूहबाट भने सभापतिका धेरैजना उम्मेदवार देखिएका छन् । उनीहरुका बीचमा एकले अर्काेलाई सभापतिको उम्मेदवारका रुपमा स्वीकार गर्ने सहमति नभएको हिजोको पौडेलको अभिव्यक्तिबाट छर्लङ्ग भएको छ । 

पौडेलले भनेका थिए– हाम्रो समूहबाट अरु पनि साथीहरुले कता कता सभापति उठ्छु भनेको मैले सुनेको छु, तर उनीहरुको मलाई थाहा भएन, म भने पार्टी सभापतिमा उठ्छु नै । उनको यो अभिव्यक्तिबाट के बुझिन्छ भने त्यस समूहबाट एकै जना सभापतिका उम्मेदवार हुने कुनै पनि सम्भावना छैन । ‘अरु साथीहरुले पनि कताकता उठ्छु भनेको सुनेको छु’ भन्ने पौडेललेको भनाईले त्यस समूहभित्र अझै पनि एउटै उम्मेदवारका लागि सहमति हुन नसकेको स्पष्ट देखिन्छ । 

तर सो समूहभित्र यसको प्रयास नभएको भने होइन । किनभने नेपाली काँग्रेसका सम्मानित तीनजना नेता विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुले यसैका लागि कहिले कसको र कहिले कसको घरमा लञ्च खाने र फोटो सार्वजनिक गर्ने गरेको पनि वर्षदिनबाट बढी नै भैसक्यो । उनीहरुले हामी तीनमध्ये एकजना सभापतिमा उठ्छौँ भन्ने गरेका थिए । तर त्यो सहमति अहिलेसम्म हुन सकेको छैन । अनि अहिले हामीमध्ये एकजना भन्ने अभिव्यक्ति अहिले सुन्न छोडिएको छ । यी तीनैजना अहिले आफू नै सभापतिको उम्मेदर भनेर भाषण गर्दै हिँडेका छन् । 

अर्काे कुरा के हो भने त्यो समूहमा उतिबेलै विभाजन आइसकेको थियो । किनभने गिरिजा पुत्री सुजाता कोइरालाले कैयौँ पटकसम्म आफ्नो निवासमा लञ्च बैठक गरी हामी तीन (सशांक, शेखर र आफू) मध्ये एकजना सभापतिमा उठ्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, जो भए पनि कोइराला परिवारभित्रैबाट एकजना हुन्छ । तीन नेता पुत्रबाट अलग्गिएर कोइराला पक्षीय समूह उहिले नै बनिसकेको थियो । फेरि अहिले पछिल्लो पटक मन्त्रिमण्डल विस्तारपछि यो कोइराला गुटभित्र पनि फुट आइसकेको छ । सुजाताले सार्वजनिक रुपमा नै आफू सशांक र रामचन्द्र पौडेलसँग नरहेको बताएकी छिन् । त्यतिमात्र नभएर उनले सशांक र पौडेल पार्टी अध्यक्ष बन्नै नसक्ने ठोकुवा पनि गरेकी थिइन् । हालै एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले भनेकि थिइन्– यी दुवै जना काँग्रेस सभापति बन्नै सक्दैनन्, यदि बनेछन् भने पनि उनीहरुबाट पार्टीलाई सशक्त बनाउने काम हुनै सक्दैन । 

पछिल्ला केही दिनयता पौडेलले नेपाली काँग्रेस पार्टी नै अवैध भएको सार्वजनिक अभिव्यक्ति दिने गरेका थिए । उनले समयमै पार्टी महाधिवेशन नगरेकाले अहिले आएर काँग्रेस पार्टी नै अवैध भएको सार्वजनिक भाषणमा नै भनेका छन् । तर हिजो भने उनी बाँके पुगेर आफू पनि पार्टी सभापतिमा उठ्ने घोषणा गरे । यो उनको विल्कुलै विरोधाभाषपूर्ण अभिव्यक्ति भन्दै काँग्रेसकै कार्यकर्ताहरुले पनि मन पराएका थिएनन् । पार्टीको महाधिवेशन विविध कारण ढिला भयो होला तर पनि उनीजस्तो वरिष्ठ नेताले पार्टी नै अवैध भयो भन्दा नेपालको यो पुरानो पार्टीका लाखौँ कार्यकर्तालाई चित्त नबुझ्नु स्वाभाविकै हो ।   

यसरी उता पौडेल कि पौडेल पक्षका उम्मेदवार भन्ने विषयमा निश्चित नभएको देखिन्छ भने यता संस्थापन पक्षमा भने देउवाको तयारी देखिन्छ । एकजना विमलेन्द्रले उम्मेदवारी दिने औपचारिक तयारी गरेको बाहेक संस्थापनबाट देउवाको मात्र तयारी देखिन्छ । सभापति शेरबहादुर देउवा आफू सभापतिमा पुनः उठ्ने घोषणा गरेका मात्र होइनन् तयारी नै थालेका छन् । उनले आफ्नो पक्षको टिम बनाएर निर्वाचनको तयारीमा होमिएका छन् । अहिले सरकरको नेतृत्वमा पनि रहेका कारण समय व्यवस्थापन गरेर पार्टी महाधिवेशनको टुंगो लगाउने पक्षमा उनी छन् । उनको पक्षबाट धेरैजना आकांक्षी पनि नदेखिएकाले यदि अहिलेकै जस्तो अवस्था रह्यो भने सभापतिमा देउवाका लागि त्यस्तो कुनै समस्या देखिँदैन ।