३ पुष २०८२, बिहीबार
,
Latest
व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा सिंगापुरबाट संयुक्त राष्ट्रसंघका नयाँ राजदूत नियुक्ति



अ+ अ-

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यानमारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गर्नु भएको छ । ७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर बर्जेनरलाई विस्थापित गर्नुभएको छ ।

हेजरले संयुक्त राष्ट्रसंघमा विशेष गरी सन् २००७ देखि २०१४ सम्म एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको प्रमुखका रुपमा कैयौ वरिष्ठ पदहरू सम्हालिसक्नु भएको छ । सन् २०१३ देखि २०१५ सम्म उहाँले पूर्वी टिमोरको लागि विशेष सल्लाहकारको रुपमा सेवा गर्नु भएको थियो  । 

म्यानमारमा फेब्रुअरी १ बाट सैन्य कू भएपछि दश वर्षको लोकतान्त्रिक अवधिको अन्त्य भएको थियो  संयुक्त राष्ट्रसंघले सैन्यलाई सरकारलाई राजनीतिक वार्ता पुनः सुरु गर्न र समयसमयमा पक्राउ परेका नागरिक अधिकारीहरूलाई मुक्त गर्न आग्रह गर्दै आएको छ । (रासस-एएफपी)