७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

शहीदहरूको स्थान राजनीतिक दलका नेताकोभन्दा ज्यादै उच्च छ : प्रविधिमन्त्री पौडेल

शहीदहरूको स्थान राजनीतिक दलका नेताकोभन्दा ज्यादै उच्च छ : प्रविधिमन्त्री पौडेल
अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । 

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लब नेपालले आज गोकर्णेश्वर नगरपालिका–४ जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा आयोजना गरेको वृक्षरोपणको शुभारम्भ गर्दै उहाँले देशका निम्ति आफ्नो प्राण वलिदान गरेका शहीदहरूलाई यो वा त्यो राजनीतिक दलसँग आबद्ध थिए भन्नु न्यायसङ्गत नहुने बताउनुभयो । 

सात राजनीतिक दलको सक्रियतामा नेपालमा गणतन्त्र स्थापना भएको तथा राष्ट्रिय शहीद तथा शान्ति उद्यान पनि ती दलको अगुवाइमा नै बनेको भन्ने भ्रामक भनाइको खण्डन गर्दै मन्त्री पौडेलले शहीदका विषयमा विवाद नगरौँ भन्नुभएको हो । 

उद्यानमा भौतिक संरचनालगायत आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय र व्यक्तिगत रुपमा हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले राष्ट्रिय शहीद तथा शान्ति उद्यानलाई अझ व्यवस्थित तुल्याउन सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“नेपाल भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई देखाउने उद्यानको रुपमा यसलाई व्यवस्थापन र विकास गरौँ ।”

नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले उद्यान निर्माणमा सबै राजनीतिक दलको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै भावी पुस्ताका निम्ति पुर्खाको धरोहररुपी जगडोल उद्यानको संरक्षण अपरिहार्य भएको बताउनुभयो । 

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले पर्यावरणीय स्वच्छता कायम गर्ने तथा वातावरण संरक्षणको दायित्व विश्वका हरेक नागरिकको कर्तव्य भएको विचार व्यक्त गर्दै शिक्षाको माध्यमबाटै हरेक नागरिकमा आफू बस्ने पृथ्वी र यसको पर्यावरण जोगाउन अभिप्रेरित गर्न सकिने बताउनुभयो । 

क्लबका अध्यक्ष भीमप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जिल्ला वन कार्यालय काठमाडौँका अधिकृत अनिल रेग्मी र उद्यानका अध्यक्ष सुदर्शन सिग्देलले उद्यानको विकास, त्यसको संरक्षण एवम् व्यवस्थापनमा झेल्नु परेका कठिनाईबारे जानकारी दिनुभएको थियो । 

नेपाल–इजरायल दौँत्य सम्बन्ध स्थापनाको ६१ औँ वर्षको सन्दर्भ पारेर आजै सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरियो । नेत्री कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सङ्ग्रहालयका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले ठूलो जोखिम मोलेर बिपी कोइरालाले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।  

“राजा महेन्द्र र छिमेकी देशका प्रधानमन्त्रीलाई चकित तुल्याउने साहसिक निर्णय बिपीले गर्नुभएको हो,” प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भर्खरै अस्तित्वमा आएको इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध कायम गर्नु तत्कालीन समयमा अनपेक्षित रहेको स्मरण गर्दै उहाँले बताउनुभयो । 

राजदूत गोडेरले इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेन्गुरिएन र नेपालका प्रथम प्रधानमन्त्री बिपी कोइरालालाई दूरदृष्टि भएका राजनेताका रुपमा चित्रित गर्दै नेपाल र नेपालीप्रति इजरायल सधैँ कृतज्ञ रहेको बताउनुभयो । रासस