७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्छ- गृहमन्त्री

नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्छ- गृहमन्त्री
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भुमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले जातिय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । आगामी पुस्ताले जातिय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘जातिय विभेद गर्न पाइदैनँ भन्ने हाम्रो संविधानको प्रावधान हो । त्यसलाई पालना गर्न हामी प्रतिवद्ध छौँ । हाम्रो दिमागमा रहेको यो जातिय विभेदलाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठुलो उपलब्धी हुन्छ । आउने नयाँ जेनेरेशन, हामी पछिको जेनेरेशनले त्यो कुरा उठाउनै नपरोस् । त्यसमा समय खर्चै गर्नु नपरोस् भन्ने नै हामी सबैको मानसिकता हो ।’

गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनैपनि भुभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताउनुभयो । यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘चाडपर्व मनाउने क्रममा नेपालको कुनैपनि भुभागमा कुनै खालको असमान व्यवहार नहोस् । त्यसका प्रति हाम्रो राज्यप्रणाली संवेदनशील छ । हाम्रो सम्बन्धित नियामक निकायहरुलाई र सुरक्षा निकायहरुलाई त्यही खालको परिपत्र गरेको हो । त्यसले एउटा नयाँ अनुभुति अवश्यपनि दिनेछ । हामी सबैलाई त्यसका प्रति उत्तरदायी पनि बनाउने छ ।’

उहाँले विपतबाट पीडित नागरिकहरुलाई सरकारले राहत तथा पुर्नस्थापना गर्ने पनि बताउनुभयो । क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो ।