२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी



अ+ अ-

लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिता कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनले ९ गते अर्थात मंगलबार दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । 

उहाँका अनुसार जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।