लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।
पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिता कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनले ९ गते अर्थात मंगलबार दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएकी हुन् ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ ।
उहाँका अनुसार जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।