१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी



अ+ अ-

लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी सिता कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनले ९ गते अर्थात मंगलबार दिउँसो २ बजे ४ छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो । पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । 

उहाँका अनुसार जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।