हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् ।
नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित समाजवादीका प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गरेको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार भोलि (बिहीबार) दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।