२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा बार्सिलोना, मुख्य प्रशिक्षक कोम्यान बर्खास्त



अ+ अ-

विश्व चर्चित स्पेनिस क्लब बार्सिलोनाले निरन्तर खराब प्रदर्शन जारी राखेको भन्दै मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।

स्पेनी पहिलो श्रेणीको लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १(० ले पराजित भएको थियो । यो हारपछि बार्सिलोना लिगमा १५ अंक जोड्दै नवौं स्थानमा पुगेको छ । क्लबका पछिल्ला वर्षहरुमा यो सबैभन्दा लज्जास्पद अवस्था हो ।

भालेकानोसँग हारपछि बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।

बार्सिलोनाको गृह मैदान क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।

बार्सिलोनाले युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ ।

कोम्यानको बर्खास्तपछि अब फेरि बार्सिलोनामा को प्रशिक्षक आउने भन्ने प्रश्न उठेको छ । र, यसमा सबैभन्दा अघि आउने नाम क्लबकै पूर्व मिडफिल्डर तथा कप्तान जाभी रहेका छन् । एजेन्सी