अच्युतप्रसाद पौडेल ‘चिन्तन’
कात्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेद शाश्त्रका प्रणेता धन्वन्तरी जयन्तीका रूपमा हेर्ने गरिएको छ । वनजंगल र जडीबुटीबिना आयुर्वेदको कल्पना सम्भव छैन । कोभिड–१९ सँगै प्रकृति मोह बढेको छ । आयुर्वेदको स्रोत भूमि नेपालमा परम्परागत वेदलाई भने बत्ती नै बालेर खोज्नुपर्ने अवस्था छ । मृगले कस्तुरीबिनाको बास्ना खोज्न परतिर भौतारिन्छ, कस्तुरीको बास्ना आपैंmसँग भएको पत्तो पाउँदैन । विज्ञानकोे आविष्कारसँगै एलोपेथी औषधि प्रयोगमा आएको धेरै समय भएको छैन । प्राचीन इतिहास बोकेको आयुर्वेदिक उपचारलाई विश्व स्वास्थ्य संगठनले वैकल्पिक चिकित्सा पद्धतिका रूपमा हेरेको छ ।
जल, जमिन, जंगल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । यसक्षेत्रको अपार सम्भावनाले नै देश समृद्ध हुन सक्छ । देशको कुल भूभागको ४०ः४ प्रतिशत वन र ४ः४ प्रतिशत झाडी तथा बुट्यानक्षेत्र गरी कुल क्षेत्रको ४४ः७ प्रतिशत क्षेत्र वनले ओगटेको छ । सबैभन्दा बढी वनक्षेत्र पहाडमा छ भने सबैभन्दा कम वनक्षेत्र तराईमा रहेको छ । कुल वनक्षेत्रको सबैभन्दा बढी वन कर्णाली प्रदेशमा र सबैभन्दा कम वनक्षेत्र प्रदेश २ मा छ । प्रदेशगत हिसाबमा भन्नुपर्दा कुल भूभागको तुलनामा सुदूर पश्चिम क्षेत्रमा वनक्षेत्र धेरै र प्रदेश २ मा कम छ ।
आयुर्वेदीय गुणकारी औषधिको माग विश्व बजारमा बढ्दै छ । अर्को दुई वर्ष अर्थात् सन् २०२३ भित्रै यसको विश्व बजार १२ लाख ९ हजार करोडले माग हुने प्रक्षेपण भइरहँदा हाम्रो विश्व बजारको उपस्थिति भने केवल ०।००२ प्रतिशत मात्र रहेको देखिँदा प्राचीन नेपालका जडीबुटी थप ओझेलमा परेको देखिन्छ । हाम्रो देशका सबै क्षेत्रमा जडीबुटीका सम्भावना छन् । प्रदेशगत सम्भावनालाई हेर्दा सुदूर पश्चिम प्रदेशमा तेजपात, कुरिलो, रिठ्ठा, डालेचक धेरै पाइन्छ । कर्णाली प्रदेशमा कुड्की, अतीस, जटामसी, काउलो, टिमुर धेरै पाइन्छ । लुम्बिनी प्रदेशमा काउलो, तेजपात, टिमुर, सुगन्ध कोकिल धेरै पाइन्छ । बाग्मती प्रदेशमा चिराइतो, लोठसल्ला, सतुवा, धसिँगरे धेरै पाइन्छ । प्रदेश २ हर्रो, बर्रो, कुरिलो, अमला, लेमनग्रासले प्रख्यात छ भने प्रदेश १ मा लोठसल्ला, चिराइतो, तेजपात र धसिंगरेको सम्भावना धेरै छ ।
विज्ञानको बिजुली बन्न अध्यात्म पानीको आवश्यकता छ भनौं आधुनिक विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मज्ञानको आवश्यकता छ
जडीबुटीको अधिक सम्भावना भए पनि यस क्षेत्रमा राज्यको आँखा जान सकेको छैन, सरकारी नीति नै स्पष्ट छैन । एलोपेथीले एकछत्र राज गरेका बखत एलोपेथी आउनुअघिदेखि मानव स्वास्थ्यमा योगदान गरिरहेको जडीबुटी भने ओझेल परेको छ । देशमा यस सम्बन्धित सरकारी निकाय धेरै छन् । तर, सबैप्रति न सर्वसाधारणको चासो छ न राज्यको दूरदृष्टि । बजेटमा समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरी जडीबुटीमा आधारित उद्योगको विकास गरिने उल्लेख हुन्छ । जडीबुटीको व्यावसायिक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्रान्डिङ गरी निर्यात गर्ने उल्लेख हुन्छ । कर्णालीलगायतका हिमाली क्षेत्र र सुदूर पश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम सञ्चालन गरिने, जडीबुटी उत्पादन तथा कम्पनीको क्षमता अभिवृद्धि गर्दै नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय उच्च मूल्यका जडीबुटीजन्य वस्तु उत्पादन गर्ने भन्ने बजेटका बँुदामा छन् ।
जडीबुटीको दायरा ठूलो छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । आयु बढाउने हुनाले यसलाई आयुर्वेद भनिएको हो । समुद्रमन्थन सँगै आयुर्वेदलाई लिएर भगवान् विष्णुले धन्वन्तरीको रूप लिई पृथ्वीमा प्रकट भएसँगै सृष्टिको उषाकालदेखि आरम्भ भएको आयुर्वेद र जडीबुटीप्रति आम चासो रहेन, जसले गर्दा साइड इफेक्ट नगरी शरीरमा एन्टिबडी निर्माण गर्दै रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने बहुगुणी औषधिको यो क्षेत्रको व्यापक विस्तार हुन सकेन । हिजोआजको खानपान र जीवनशैलीका कारण मानिसको आयु पूर्ण आयु हुन सकेको छैन विदेशी मुद्रा आर्जनको नाममा हामीले वनस्पतिजन्य जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र निर्यात गर्ने प्रयत्न गरेका छौं ।
आपैंmले प्रशोधन गरेर आप्mनै स्रोत र प्रविधिले यसको मूल्य अभिवृद्धि गर्न सकिएन । देशभित्रैको प्रयोग बढाउन सके अर्बांै रकमको एलोपेथी औषधि आयातलाई हामीले सजिलै प्रतिस्थापन गर्न सक्छौं । यसको उत्पादनको क्षेत्र पनि व्यापक छ । खासगरी ६ क्षेत्रमा विभाजन गर्न सकिने जडीबुटीलाई स्वाद, सुगन्ध, मसला, औषधि, पेय पदार्थ र सौन्दर्यका रूपमा लिन सकिन्छ । हामी हिमालकोे काखमा छौं, अपार जलबाट ऊर्जाको व्यापक सम्भावना भएभैंm हिमाली, उच्च पहाडी क्षेत्रबाट आपैंm उब्जनी हुने र थप व्यावसायिक खेतीको समेत वृद्धि गर्न सके हामी कसैको भिक्षार्थी हुनै पर्दैन ।
वनस्पति विभागका अनुसार देशमा ८ सय १९ प्रजातिका गुणयुक्त वनस्पति छन् । कुल ३ सय ११ वनस्पति नेपालमा पाइने रैथाने प्रजाति नै हुन् । झन्डै २ सय प्रजाति सुगन्धित वनस्पति छन् । झन्डै ३ सय प्रजाति व्यापारमा छन्, अभैm २ सय ५० प्रजाति व्यापारमै थप्न सकिन्छ । देश गरिबीतिर उन्मुख छ, कोभिड–१९ ले धेरैको रोजीरोटी गुमेको छ, वैदेशिक रोजगारी भरपर्दो र दिगो छैन । देशमा भएका सम्भावित यस्ता क्षेत्रको पहिचान गर्नसके आय आर्जन, रोजगारीको सिर्जना, गरिबी निवारण, निकासी व्यापारको वृद्धि भई देशलाई उच्च व्यापार घाटाबाट जोगाउन सकिन्छ । यहाँ भएका औषधीय गुणका वनस्पतिमध्ये झन्डै ९० प्रतिशत वनक्षेत्रबाटै संकलन गरिने हुन् ।
बहुराष्ट्रिय कम्पनीको उत्पादन, तयारी र फ्रिजको पानी, फास्टफुड, जंकफुड, विषाक्त बजारका खानाले हाम्रो शरीर दिन परदिन गल्दो छ, सामान्य रुघाखोकीमा एन्टिबायोटिक चाहिने भएको छ । भरमार अस्पताल र औषधि पसल खुलेका छन् र पनि महामारी भनिएका बेला राम्रो उपचार हुन सकेन । रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उपयोगबारे भने स्वास्थ्य मन्त्रालय मौन छ । यहाँ जडीबुटीको पहिचानको क्षमता नै भएन, त्यस्तो ज्ञानको अभाव भयो, प्रविधि भएन र लगानी गर्ने वातावरण पनि । व्यक्ति वा कुनै समूह मात्र खटेर यसको विकासको सम्भावना देखिँदैन, राज्य नै लाग्नुपर्छ । यसमा सीप र धैर्यताको खाँचो छ, उच्च मनोबलको साथ साहस पनि ।
जडीबुटीको अधिक सम्भावना भए पनि यस क्षेत्रमा राज्यको आँखा जान सकेको छैन
आजको भोलि नै नामी र दामी हुन खोज्नेलाई यो क्षेत्र निरस हुन सक्ला । राज्यको प्रोत्साहनको कमी हुनाले यसमा भएको तत्वको पहिचान हुन सकेन, खेतीको विस्तार हुन भएन, वनस्पतिजन्य औषधिको गुण पहिचान हुन सकेन, प्रविधिको हस्तान्तरण त भएन नै, उद्योगका रूपमा त आउनै सकेन र उद्योग विस्तार नहुँदा बजारीकरणको अवधारणा आएन । विदेशी गुरुका ब्राडिङ, गहुँत, पिठो, सात्तु, हर्वल, क्याप्सुल भनेपछि हुरुक्कै हुने तर यहाँको आप्mनैमा मनै नजाने कस्तो अचम्मको हाम्रो संस्कार । अन्यत्रका फोटो आयुर्वेदिक पसलैपिच्छे राखे सामान बिक्री हुने, यहाँको भने राजनीतिक उद्योग मात्र चल्ने कस्तो अचम्म † नेपालीले नै जडीबुटी खेती गर्नुपर्छ । गैरकाठका वन पैदावारको खेती गर्नुपर्छ । भण्डारण र प्रशोधन गर्नुपर्छ ।
यसका लागि पकेट, ब्लक, जोन, सुपर जोन बनाउन सकिन्छ । पकेट क्षेत्रलाई जडीबुटी खेतीमा प्रयोग गर्न सकिन्छ । ब्लक क्षेत्रलाई यसको संकलन क्षेत्रका रूपमा प्रयोग गर्न सकिन्छ । जोनलाई प्रशोधन केन्द्रका रूपमा स्थापना गर्न सकिन्छ र सुपर जोनमा उद्योग राख्न सकिन्छ । प्रविधिमैत्री, बाली बिमा, सहज ऋण, प्रजातिको पहिचान र प्रवद्र्धन कार्यमा दरो रूपमा उभिनसके देशमा समृद्धि आउन धेरै बेर लाग्दैन । गुणस्तरको प्रमाणीकरण गर्ने प्रयोगशाला भएन, प्राविधिक जनशक्ति पनि, राज्यको पोत्साहन नहँुदा विदेशी लगानी आकर्षित छैन, भन्सार सहजीकरणको अवस्था छैन । धेरै नेपाली राजनीतिमा व्यस्त छन्, देश आत्मनिर्भर हुने कसरी भन्नेतिर ध्यान छैन ।
जबसम्म राजनीतिक पद र प्रतिष्ठा अवैतनिक हँुदैन देशको हरिकँगाल हुने अवस्था आजको भन्दा भोलि बढी नै हुन्छ । हिजो धान, चाल निर्यात गर्ने देश आज आलु, प्याज, चामल, तरकारी, मासु, पाउडर दूध, तरकारी, फलपूmल, मरमसला, चिनी, मकै, पिठो, दाल, गेडागुडी भनौं नाना, छाना र खाना सबै विदेशबाटै आयात गर्नुपर्ने अवस्था हुँदैनथ्यो, दूरदृष्टिको अभाव र राजनीतिक भागबन्डाकै कारण यस्तो भएको र देश अआन्तरिक र बाह्य ऋणमा परेको हो ।
कोभिड–१९ को सन्देश छ जीवनशैली बदलौं । सबैले प्रकृतिमैत्री नबनी सुखै छैन, प्रकृतिलाई बिर्सेर कुनै काम हुन्न । आपूm आपूmमै रमाउन हो । प्रतिस्पर्धा र होडबाजी स्थायी हुन्न, पछिल्लो समय आएको अश्लील सबै प्रकारको व्यापारमा प्रश्न चिह्न लागेको छ अहिले । हिंसा, क्रोध, इष्र्या र वैमनष्यताको लहरलाई समन गर्न खोजेको छ, पूर्वीय शैलीलाई उजागर गरेको छ । असल स्वास्थ्य र रहनसहन, इमानदारिता, सत्यता, योग, ध्यान र असल आनीबानीबाट शरीर स्वस्थ हुन सक्नेमा जोड दिएको छ ।
अध्यात्म ज्ञानबिना विज्ञानको सदुपयोग हुन्न । प्रकृति अध्यात्म हो, यो ज्ञानको स्रोत हो, विज्ञानको पनि । विज्ञानको बिजुली बन्न अध्यात्म पानीको आवश्यकता छ भनौं आधुनिक विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मज्ञानको आवश्यकता छ । अध्यात्म ज्ञानको परिचय दिने धन्वन्तरी हुन् । उनको सन्देश प्राकृतिक वस्तु जडीबुटी आदिले सजिलै रोगसँग लड्न सक्छ, प्रकृतिप्रदत्त जडीबुटीको सेवनमा यो क्षमता रहन्छ । (राजधानी दैनिकमा छापिएकाे छ)