५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण



अ+ अ-

नयाँ दिल्ली । भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५ को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७:३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अग्नि-५ को सफल परीक्षण भारतको 'विश्वसनीय न्यूनतम प्रतिरोध' को नीति अनुरूप छ जसले 'पहिले प्रयोग नगर्ने' प्रतिबद्धतालाई जोड दिन्छ।
(रासस-एएनआई)