दमौली । तनहुँस्थित दमौलीमा रहेको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । बिद्युत सर्ट भएको आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले आगो तिब्रगतिमा फैलिएको थियो । दमकल , सुरक्षाकर्मी , स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण प्रयास भै रहेको छ ।
तस्बिर: प्रकाश चन्द्र भट्टराई