२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेट : पाकिस्तानको लगातार तेस्रो जित



अ+ अ-

दुबईः विश्वकप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।

पाकिस्तानले यसअघि भारत र न्यूजील्यान्डलाई पराजित गरेको थियो । यो जितसँगै पाकिस्तानले छ अंक बनाएको छ, र समूह ख मा पहिलो स्थानमा छ । यस समूहमा अफगानिस्तान र नामिबियाले समान २,२ अंक जोडेका छन् ।

तर भारत, न्यूजील्यान्ड र स्कटल्यान्डले कुनै अंक जोड्न सकेका छैनन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले मध्यम शुरुआत गरेपनि अन्तिम चार ओभरमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कप्तान मोहम्मद नाबी र गुलबुद्दीन नाइबले समान ३५, ३५ रन बनाएका थिए ।

उनीहरु दुई बीचको साझेदारीले अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको मध्यम स्कोर खडा गरेको थियो ।  

१४८ रनको लक्ष्य पाएको पाकिस्तानले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१, फाखर जमानले ३०, शोएब मलिकले १९ रन बनाएका थिए । तर अन्तिम ओभरमा आसिफ अलिले १९औं ओभरमा ४ छक्का प्रहार गरी २५ रन बनाएका थिए । एजेन्सी

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया