दुबईः विश्वकप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।
पाकिस्तानले यसअघि भारत र न्यूजील्यान्डलाई पराजित गरेको थियो । यो जितसँगै पाकिस्तानले छ अंक बनाएको छ, र समूह ख मा पहिलो स्थानमा छ । यस समूहमा अफगानिस्तान र नामिबियाले समान २,२ अंक जोडेका छन् ।
तर भारत, न्यूजील्यान्ड र स्कटल्यान्डले कुनै अंक जोड्न सकेका छैनन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले मध्यम शुरुआत गरेपनि अन्तिम चार ओभरमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कप्तान मोहम्मद नाबी र गुलबुद्दीन नाइबले समान ३५, ३५ रन बनाएका थिए ।
उनीहरु दुई बीचको साझेदारीले अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको मध्यम स्कोर खडा गरेको थियो ।
१४८ रनको लक्ष्य पाएको पाकिस्तानले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१, फाखर जमानले ३०, शोएब मलिकले १९ रन बनाएका थिए । तर अन्तिम ओभरमा आसिफ अलिले १९औं ओभरमा ४ छक्का प्रहार गरी २५ रन बनाएका थिए । एजेन्सी
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | २ | ४ | अफगानिस्तान | २ | २ |
अस्ट्रेलिया | २ | ४ | पाकिस्तान | ३ | ६ |
दक्षिण अफ्रिका | २ | २ | भारत | १ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | १ | ० |
श्रीलंका | २ | २ | स्कटल्यान्ड | २ | ० |
बंगलादेश | ३ | ० | नामिबिया | १ | २ |