२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित



अ+ अ-

शारजाहः विश्वकप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले पराजित गरेको छ ।

यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलबाट ४ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा उक्लेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४६ रनको योगदान गरेका थिए ।

अन्य ब्याट्सम्यानमा क्विन्टन डी ककले १२, रीजा हेन्ड्रिक्सले ११, रासी डुसेनले १६, एडेन मारकरमले १९, डेभिड मिलरले २३ तथा कागिसो राबाडाले १३ रन बनाएका थिए ।

टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको श्रीलंकाले नियमित अन्तरालमा विकेट गुमाएपछि ठूलो स्कोर खडा गर्न सकेको थिएन । तर श्रीलंकाका लागि पाथुम निसान्काले आकर्षक ७२ रन बनाएका थिए ।

फर्ममा देखिएका चरिथ असालान्का २१ रन बनाएपछि रन आउट भएका थिए । त्यसपछि श्रीलंकाली खेलाडीहरु नियमित अन्तरालमा आउट भएका थिए ।

यो हारपछि श्रीलंकाले तीन खेलबाट २ अंक जोडेर समूहमा चौथो स्थानमा छ ।

आजै साँझ इङल्यान्ड र अस्ट्रेलियाबीच खेल हुँदैछ । अस्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १५ ओभरमा पाँच विकेट गुमाएर ६७ रन बनाएको छ । इङल्यान्डको कसिलो बलिङका सामू अस्ट्रेलियाली खेलाडीहरु संघर्षरत छन् । एजेन्सी

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया