शारजाहः विश्वकप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार साँझ भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले पराजित गरेको छ ।
यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलबाट ४ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा उक्लेको छ ।
श्रीलंकाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४६ रनको योगदान गरेका थिए ।
अन्य ब्याट्सम्यानमा क्विन्टन डी ककले १२, रीजा हेन्ड्रिक्सले ११, रासी डुसेनले १६, एडेन मारकरमले १९, डेभिड मिलरले २३ तथा कागिसो राबाडाले १३ रन बनाएका थिए ।
टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको श्रीलंकाले नियमित अन्तरालमा विकेट गुमाएपछि ठूलो स्कोर खडा गर्न सकेको थिएन । तर श्रीलंकाका लागि पाथुम निसान्काले आकर्षक ७२ रन बनाएका थिए ।
फर्ममा देखिएका चरिथ असालान्का २१ रन बनाएपछि रन आउट भएका थिए । त्यसपछि श्रीलंकाली खेलाडीहरु नियमित अन्तरालमा आउट भएका थिए ।
यो हारपछि श्रीलंकाले तीन खेलबाट २ अंक जोडेर समूहमा चौथो स्थानमा छ ।
आजै साँझ इङल्यान्ड र अस्ट्रेलियाबीच खेल हुँदैछ । अस्ट्रेलियाले यो समाचार तयार पार्दासम्म १५ ओभरमा पाँच विकेट गुमाएर ६७ रन बनाएको छ । इङल्यान्डको कसिलो बलिङका सामू अस्ट्रेलियाली खेलाडीहरु संघर्षरत छन् । एजेन्सी
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | २ | ४ | अफगानिस्तान | २ | २ |
अस्ट्रेलिया | २ | ४ | पाकिस्तान | ३ | ६ |
दक्षिण अफ्रिका | ३ | ४ | भारत | १ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | १ | ० |
श्रीलंका | ३ | २ | स्कटल्यान्ड | २ | ० |
बंगलादेश | ३ | ० | नामिबिया | १ | २ |