२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा अस्ट्रेलिया आठ विकेटले पराजित



अ+ अ-

शारजाहः यस पटककाे विश्वकप टी२० क्रिकेट प्रतियोगितामा शानदार खेल प्रदर्शन गरिरहेकाे इङ्ल्यान्डले शनिबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले सहजै पराजित गरेको छ ।

यो जितसँगै इङल्यान्डले तीन खेलबाट ६ अंक बनाएको छ र समूहमा पहिलो स्थानमा छ ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको सामान्य लक्ष्य इङल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । इङल्यान्डका लागि जेसन रोयले २२, जस बटलरले अविजित ७१, डेविड मालानले ८ तथा जोनी बेयरस्टले अविजित १६ रन बनाएका थिए । जस बटलरले पाँच छक्का र पाँच चौका प्रहार गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएर पूरै टिम १२५ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए ।

डेभिड वार्नर १, स्टिभन स्मिथ १, ग्लेन म्याक्सवेल ६, मार्कस स्टोइनिस ०, एडम जाम्पा १ रनमा आउट भएका थिए । यस्तै म्याथ्यु वेडले १८, एस्टोन एगरले २०, प्याट कमिन्सले १२, मिचेल स्टार्कले १३ रन बनाएका थिए ।

५१ रन बनाउँदा अस्ट्रेलियाका ५ प्रमुख ब्याट्सम्यान आउट भइसकेकाले पनि अस्ट्रेलिया दबाबमा परेको थियो ।

इङल्यान्डका बलरहरु अदिल रसिदले १, क्रिस वोक्सले २, क्रिस जोर्डनले ३, लियाम लिभिङस्टोनले १ तथा टिमाल मिल्सले २ विकेट लिएका थिए ।

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया