१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियानो रोनाल्डो र काभानीले जिताए म्यान्चेस्टर युनाइटेडलाई



अ+ अ-

इङलिस प्रिमियर लिगमा फितलो प्रदर्शन गरेको भन्दै आलोचना खेपिरहेको म्यान्चेस्टर युनाइटेडले शनिबार रातिको खेलमा लिगमा राम्रो खेलिरहेको टोटेनह्याम हस्परलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

म्यान्चेस्टरका लागि पहिलो गोल क्रिस्टियानो रोनाल्डोले ३७औं मिनेटमा गरेका थिए भने दोस्रो गोल एडिन्सन काभानीले ६४औं तथा तेस्रो गोल मार्कस रासफोर्डले ८६औं मिनेटमा गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा टोटेनह्यामले पनि गोल गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

अघिल्लो साता म्यान्चेस्टर युनाइटेड लिभरपुलसँग ५–० गोल अन्तरले पराजित भएको थियो । उक्त हारपछि युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्जारको जागिर धरापमा परेको थियो । तर आज टिमले उत्कृष्ट पुनरागमन गरेको थियो ।

युनाइटेडले लामो तथा छोटो दुरीका पासका साथै अघिपछि गर्दै खेललाई आफ्नो पकड एवं नियन्त्रणमा राखेको थियो ।

यो जितसँगै युनाइटेड १० खेलबाट १७ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लेको छ । टोटेनह्याम भने १५ अंकका साथ आठौं स्थानमा झरेको छ ।

अंक तालिका

स्थान टिम खेल अंक
चेल्सी १० २५
लिभरपुल १० २२
म्यान्चेस्टर सिटी १० २०
वेस्टह्याम १७
म्यान्चेस्टर युनाइटेड १० १७