१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टियानो रोनाल्डो र काभानीले जिताए म्यान्चेस्टर युनाइटेडलाई



अ+ अ-

इङलिस प्रिमियर लिगमा फितलो प्रदर्शन गरेको भन्दै आलोचना खेपिरहेको म्यान्चेस्टर युनाइटेडले शनिबार रातिको खेलमा लिगमा राम्रो खेलिरहेको टोटेनह्याम हस्परलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

म्यान्चेस्टरका लागि पहिलो गोल क्रिस्टियानो रोनाल्डोले ३७औं मिनेटमा गरेका थिए भने दोस्रो गोल एडिन्सन काभानीले ६४औं तथा तेस्रो गोल मार्कस रासफोर्डले ८६औं मिनेटमा गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा टोटेनह्यामले पनि गोल गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

अघिल्लो साता म्यान्चेस्टर युनाइटेड लिभरपुलसँग ५–० गोल अन्तरले पराजित भएको थियो । उक्त हारपछि युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्जारको जागिर धरापमा परेको थियो । तर आज टिमले उत्कृष्ट पुनरागमन गरेको थियो ।

युनाइटेडले लामो तथा छोटो दुरीका पासका साथै अघिपछि गर्दै खेललाई आफ्नो पकड एवं नियन्त्रणमा राखेको थियो ।

यो जितसँगै युनाइटेड १० खेलबाट १७ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लेको छ । टोटेनह्याम भने १५ अंकका साथ आठौं स्थानमा झरेको छ ।

अंक तालिका

स्थान टिम खेल अंक
चेल्सी १० २५
लिभरपुल १० २२
म्यान्चेस्टर सिटी १० २०
वेस्टह्याम १७
म्यान्चेस्टर युनाइटेड १० १७