काठमाडौंः प्रधान सेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी सरोज प्रताप राणालाई रथीकाे दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को कार्तिक ११ गतेको निर्णय अनुसार उहाँ रथी दर्जामा पदोन्नती हुनु भएको थियो ।
नेपाली सेनाका अनुसार रथी दर्जामा पदोन्नती हुनु भएका रथी राणा बलाध्यक्षमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।