२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना



अ+ अ-

परासी । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयका लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ । सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले राससलाई जानकारी दिनुभयो ।

“यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ ।

सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि रु पाँच लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उहाँले बताउनुभयो । थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस