१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा भेटिएको हजार वर्ष पुरानो डुङ्गा लगभग अक्षुण्ण अवस्थामा



अ+ अ-

एजेन्सी । पुरातत्त्वविद्हरूले दक्षिणी मेक्सिकोमा एउटै काठबाट बनेको माया सभ्यताकालीन डुङ्गा (क्यानो) फेला पारेका छन् जुन एक हजार वर्षभन्दा पुरानो भएको हुनसक्ने ठानिएको छ।

पाँच फिटभन्दा लामो (१.६ मिटर) उक्त डुङ्गा लगभग नबिग्रिएको अक्षुण्ण अवस्थामा फेला पारिएको थियो।

माया सभ्यताकालीन शहर चिचेन इत्सा नजिकैको एउटा स्वच्छ पानीको पोखरीमा डुबेको अवस्थामा उक्त डुङ्गा फेला पारिएको थियो।

मेक्सिकोको प्राचीन वस्तुसम्बन्धी संस्थान इन्हाका अनुसार उक्त डुङ्गा पानी झिक्न वा धार्मिक परम्पराअनुसार केही गाड्न प्रयोग गरिन्थ्यो।

कसरी भेटियो ?
त्यस्तो दुर्लभ अन्वेषण माया रेल नाम दिइएको एउटा पर्यटकीय रेल सेवाको निर्माण कार्यका क्रममा गरिएको थियो।

एउटा विज्ञप्तिमा इन्हाले अन्वेषणकर्ताहरूले सेरामिक्स, एउटा धार्मिक प्रयोजनमा प्रयोग हुने चक्कु र सिनोट भनिने भित्तामा कुदिएको हातहरूको रङ्गिन चित्र फेला पारिएको जनाएको छ।

प्यारिसको सोरबान युनिभर्सिटीका विज्ञहरूले उक्त डुङ्गाको वास्तविक आयु र प्रकार थाहा पाउन सघाइरहेको विज्ञप्तिमा भनिएको छ।

त्यसको थ्रीडी ढाँचा बनाएर अन्य नमुनाहरू बनाउन सम्भव पारिने र त्यसले थप अध्ययनमा सघाउने बताइएको छ।

विशाल सभ्यता 
माया सभ्यताको उच्च प्रभाव स्पेनले उक्त क्षेत्र कब्जा गर्नु अघिसम्म थियो।

आफ्नो समयमा उक्त सभ्यताकालीन मानिसहरूले अहिलेको दक्षिणी मेक्सिको, ग्वाटेमाला, बेलिज र होन्डुरससम्मको भूभागमा शासन गरेका थिए।

उक्त डुङ्गा माया सभ्यताको स्वर्ण युगको अन्त्यतिरको समय अर्थात् लगभग इस्वी संवत् ८३० देखि ९५० बीचको रहेको पाइएको छ।

उक्त समयमा माया सभ्यताले मुख्य राजनीतिक पतन सामना गरेको थियो।

अहिलेको मध्य अमेरिकी भागमा अलपत्र छाडिएका अग्ला पिरामिड र ढुङ्गे भवनहरूले त्यो अस्थिर समयको झल्को दिन्छन्।

इतिहास 
उक्त सभ्यता पतनको कारण बताउने सर्वस्वीकार्य कुनै एउटै कारण छैन।

तर आन्तरिक युद्ध, खडेरी र उच्च जनसङ्ख्याले त्यस्तो अवस्था सिर्जना गराएको हुनसक्ने ठानिन्छ।

अहिले मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले नेतृत्व गरेको अर्बौँ डलरको माया रेल परियोजनाले पाँच वटा मेक्सिकन शहरलाई जोड्छ।

त्यसका पक्षधरहरूले उक्त रेल सञ्जालले सो क्षेत्रमा गरिबी उन्मुलन गर्न सघाउने बताएका छन्।

तर आलोचकहरूले त्यसले स्थानीय जैविक प्रणाली र ऐतिहासिक महत्त्वका अन्वेषण हुन बाँकी क्षेत्रहरूलाई हानी पुर्‍याउने बताउँछन्। बीबीसीबाट साभार