१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

बनियानी । झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कल्भर्टमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको थियो ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस