१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै अखिल क्रान्तिकारीले गर्‍यो बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । 

आईतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । 

उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिनुभयो । अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताउनुभयो ।

अध्यक्ष गजुरेलले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, खाना पकाउने एलपी ग्याँसको मूल्य १५ सय बनाएको छ, पेट्रोलको मूल्य १३३, डिजेल मट्टितेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक बाह्यमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ, यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ, नेपाल सरकार नेपाली जनताको लागि जवाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो, स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ, अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन अपील गर्दछु ।’

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभयो । नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको बिरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।