१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री उर्मिलालाई कोरोना संक्रमण



अ+ अ-

मुम्बई । बउिलड अभिनेत्री उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ । 

आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उर्मिलाले लेखेकी छन्, ‘मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध गर्दछु । साथै, तपाईंहरू सबै प्यारो मान्छेलाई दीपावलीमा आ–आफ्नो ख्याल राख्न विनम्र अनुरोध पनि गर्न चाहन्छु ।’

पछिल्लो समय फिल्म भन्दा राजनीतिमा व्यस्त उर्मिला अन्तिम पटक मराठी फिल्म ‘अजुबा’मा देखा परेकी थिइन् ।