मुम्बई । बउिलड अभिनेत्री उर्मिला मातोन्डरलाई कोरोना संक्रमण भएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
उर्मिलाले लेखेकी छन्, ‘मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ । म ठिक छु र होम–आइसोलेसनमा छु । मेरो सम्पर्कमा हुनुभएका सबैलाई अहिले नै कोरोना परीक्षण गराउन अनुरोध गर्दछु । साथै, तपाईंहरू सबै प्यारो मान्छेलाई दीपावलीमा आ–आफ्नो ख्याल राख्न विनम्र अनुरोध पनि गर्न चाहन्छु ।’
पछिल्लो समय फिल्म भन्दा राजनीतिमा व्यस्त उर्मिला अन्तिम पटक मराठी फिल्म ‘अजुबा’मा देखा परेकी थिइन् ।