२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो



अ+ अ-

काठमाडौं । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । 

दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौँमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायाङ्कन गरिएको थियो । 

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।