१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय कृषि परियोजना समीक्षा गोष्ठी शुरु



अ+ अ-

विराटनगरः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ मोरङद्वारा आयोजित प्रदेशस्तरीय प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी आज यहाँ प्रारम्भ भएको छ ।

परियोजनाअन्तर्गत भएका विगतका र त्रैमासिक अवधिमा भएको प्रगतिको समीक्षा गरी परियोजनालाई सफल कार्यान्वयन एवं उलब्धिमूलक बनाउने उद्देश्यले आयोजित सो दुईदिने गोष्ठीमा प्रदेश नं १ अन्तर्गतका सबै परियोजन समन्वय एकाइका प्रमुख, जोन, ब्लक र पकेट क्षेत्रका संयोजकको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले सातवटै प्रदेश परियोजनाको त्रैमासिक प्रगति र मोरङ परियोजना समन्वय एकाइका प्रमुख विनोदकुमार मण्डलले प्रदेशभरिका परियोजनाअन्तर्गत भएका काम तथा प्रगतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामानन्द तिवारीले गोष्ठीको उद्घाटन गर्दै कृषिको विकास नगरी मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो । उहाँले स्वदेशी सोच र स्वदेशी लगानीको उपज यो परियोजना १० वर्षका लागि रहेको र अहिले छैटौँ वर्षमा प्रवेश गरेकै अवस्थामा अहिले मुलुकमा कृषिका विविध क्षेत्रमा राम्रो प्रगति भएको चर्चा गर्नुभयो ।