काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज (आइतबार) इजलासमा बसेका छन् ।
यता प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै कानुनविद्हरुले आइतबार पनि सर्वोच्च परिसरमा आन्दोलन गरेका थिए । सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् ।
प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।