२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनगणना २०७८ सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरिएको हो । हिजो कात्तिक १३ गतेबाट भने देशभर मुख्य गणनाका लागि गणकहरुको तालिक सुरु गरिएको जिल्ला जनगणना कार्यालय, काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी बलराम दुलालले जानकारी दिनु भयो ।

यो तालिम कार्तिक १७ गतेसम्म हुनेछ । काठमाडौं जिल्ला बाहेकका अन्य जिल्लाहरुमा भने कात्तिक १६ गतेसम्म मात्रै गणकहरुको तालिमको व्यवस्था गरिएको पनि काठमाडौंका सहायक जिल्ला जनगणना अधिकारी दुलालले बताउनु भयो ।

केन्द्रिय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ । सोही गणनाका लागि गणकहरुको तालिम सुरु गरिएको काठमाडौं जिल्ला जनगणना अधिकारी धर्मरत्न बज्राचार्यले बताउनु भयो ।

मुख्य जनगणनाका लागि काठमाडौंमा ३ वटा स्थानमा ४५७ जना गणकहरु सो तालिममा सहभागी भएका छन । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।