२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको थियोः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । 

आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो । उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो । उहाँले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, गफ,  यस्ता गफाडीहरुको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ,हामी यो देशलाई राम्रो दिशामा लैजान चाहन्छौँ,हाम्रो देश किन्न बन्न सकेन सोच्नुपर्छ । हामीले एजेण्डा बनाएर काम गरौँ, कहाँ हाम्रो समस्या छ, खोजौँ, काम गरौँ देश बनाऔँ । 

यस्तो गरिब देश छ नेपाल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटरमै हेलिप्याड चाहिन्छ । त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौं रुपैयाँ खर्च गर्ने हो ? राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेको रहेछ, हेलिप्याड बनाउने हो ? म त्यसको बिरोधी हुँ, जानुपर्छ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन । जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नु पर्यो ।’

अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताउनुभयो । उहाँले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटो भन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको बताउनुभयो ।