१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान



अ+ अ-

काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गर्नुभएको हो ।

आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत  युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।

 उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए । भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो । सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको स्रराहना गर्नुभयो ।

 उहाँले भन्नुभयो, “नेपाल फर्किएकामा खुशी लागेको छ, तपार्इँ खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ ।” अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भन्नुभयो, “मन्त्रालय तपाईको साथमा छ, तपाई खेलाडीका साथमा हुनुहुन्छ ।”

युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले  प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास  एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताउनुभयो । सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिनुभयो ।