१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार, एक अर्ब बढी खोप लगाइयो



अ+ अ-

भारतमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्यामा उल्लेखनीय रुपमा कमी आएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा १२ हजार ५१४ जना संक्रमित भएको उल्लेख छ । यही अवधिमा १२ हजार ७१८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा विगत २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ रहेको पनि मन्त्रालयले जनाएको छ । यो सहित भारतमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५८ हजार ४३७ पुगेको छ ।

कोभिडबाट भारतभरमा संक्रमित हुनेको संख्या तीन करोड ४२ लाख ८५ हजार ८१४ रहेकामा तीन करोड ३६ लाख ६८ हजार ५६० जना संक्रमणमुक्त भएका थिए । अझै पनि भारतमा एक लाख ५८ हजार ८१७ जना सक्रिय संक्रमित अवस्थामा छन् तर यो संख्या विगत २४८ दिनको सबैभन्दा न्यून हो ।

कोभिड विरुद्धको खोप अभियान तिब्र बनाएको भारतमा हालसम्म एक अर्ब ६ करोड ३१ लाख २४ हजार डोज खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभर कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख १४ हजार पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा बिरामीको मृत्यु भएको थियो । अमेरिकामा ७ लाख ६६ हजार, ब्राजिलमा ६ लाख ७ हजार, रसियामा २ लाख ३८ हजारको ज्यान गएको छ ।