काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँको गरी कुल एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ ।
यसअघि, यही कात्तिक ८ मा बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।