१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली गणतन्त्र उल्ट्याउन लागि परेका छन्: प्रचण्ड (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ । 

सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको हो । उहाँले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाउनुभएको हो । उहाँले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ, धर्म निरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाती, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो, ओली प्रवृति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिष्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको बिरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन, गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’

अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरेपनि बिक्री गर्न नजानेको बताउनुभयो । उहाँले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी पछिल्लो चरणमा आउँदा, अलि अन्योल जस्तो, अलि शिथिलता जस्तो, कहीँ न कहीँ हामीले आफ्नै मुद्दाहरुप्रति हाम्रो विश्वास डग्मगाएको जस्तो, हाम्रै आन्दोलन र परिवर्तनप्रतिको हाम्रो स्वामित्व, अपनत्व जुन उचाई, उत्साहकासाथ हामीले त्यसलाई ग्रहण गर्नुपर्ने र त्यसलाई जनतामाझ स्थापित गरिराख्नु पर्ने हो, त्यसो गर्ने जोश, उत्साह अहिले कमी आएको हो कि जस्तो देखिएको छ, हामी अहिले नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्छ भन्ने आवश्यक्ता बोध हुन थालेको छ, हामीले राम्रा राम्रा काम गर्यौं, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ हामीले, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ, यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ, आत्मालोचनासहित जनताको घरमा जाने काम गर्यौं भने केही महिना भित्र उभार आउन सक्ने सम्भावना छ ।’

अध्यक्ष दाहालले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको रहेको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताउनुभयो । उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर स्ववासीलाई लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको बताउनुभयो ।  

अध्यक्ष दाहालले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको मुख्य रुपमा स्ववासीहरुको समस्या पुरानो गम्भीर समस्या छ, सयौँ वर्षदेखि बसेको ठाउँको लालपूर्जा छैन भन्ने कुरा अनौठो लाग्छ, स्ववासी समस्याको समाधान हामीले नै शुरु गर्नुपर्छ, नयाँ सन्देश उपत्यका भित्र दिनुपर्छ भन्ने संकल्प गरिएको छ र मैले मन्त्रीजीलाई स्ववासीलाई लालपूर्जाको वितरण प्रक्रिया शुरु गरिहाल्नुस् यो नै हाम्रो मन्त्रालयको प्रमुख काम हो भनेको छु, कीर्तिपुरबाटै शुरुवात होस् भन्ने मेरो चाहना छ ।’

अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।