३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता, व्यापार विस्तार बारेमा छलफल



अ+ अ-

अंकारा । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दोगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो । 

इटालीको रोममा जारी रहेको जि२० को नेताहरुको सम्मेलनका क्रममा उनीहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुले कोभिड १९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो । 
उहाँहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो । 

इटालीको रोममा भएको जि२० को नेताहरुको सम्मेलनका क्रममा विश्वका अन्य नेताहरुका बीचमा यस्तो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उहाँहरुले विशेषगरी कोभिड १९ का कारण उत्पन्न परिस्थितिका बारेमा पनि आवश्यक छलफल गरी सामुहिक रुपमा समाधानका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भएको थियो ।