३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता, व्यापार विस्तार बारेमा छलफल



अ+ अ-

अंकारा । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दोगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो । 

इटालीको रोममा जारी रहेको जि२० को नेताहरुको सम्मेलनका क्रममा उनीहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुले कोभिड १९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो । 
उहाँहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो । 

इटालीको रोममा भएको जि२० को नेताहरुको सम्मेलनका क्रममा विश्वका अन्य नेताहरुका बीचमा यस्तो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उहाँहरुले विशेषगरी कोभिड १९ का कारण उत्पन्न परिस्थितिका बारेमा पनि आवश्यक छलफल गरी सामुहिक रुपमा समाधानका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भएको थियो ।