६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडमा ग्यास चुहिएर आगलागी



अ+ अ-

बनियानी । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ ।

बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । 

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय गरेर डेर गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो भने आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताउनुभयो ।