२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णुसहित ४ प्रशिक्षकले पाए ‘ए’ लाइसेन्स



अ+ अ-

काठमाडौं । नेपालका ४ प्रशिक्षक एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गर्न सफल भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा ४ प्रशिक्षक उत्तीर्ण भएका हुन् । 

उत्तिर्ण हुने प्रशिक्षकहरुमा विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठ र मनिष तिम्सिना रहेका छन् । 

लकडाउन अघि नोभेम्बर २०२० मा भएको कोर्षमा २२ जनाले सहभागिता जनाएका थिए । योसँगै नेपालमा ‘ए’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।

प्रशिक्षक गुरुङ हाल संकटा क्लबको मुख्य प्रशिक्षकमा कार्यरत छन् भने साहुखलले ए डिभिजनमा च्यासलको प्रशिक्षण सम्हाल्नेछन् । 

यस्तै श्रेष्ठले नेपाल महिला यू-१६ टोलीको जिम्मेवारी सम्हालिसकेका छन् भने तिम्सिना भारतीय क्लब गोकुलम केरालामा गोलरक्षक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

 




भर्खरै