२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा दक्षताका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरुको जोड



अ+ अ-

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भईरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा दक्षता तथा त्यसको संरक्षण सम्बन्धि कानुन तत्काल ल्याउनुपर्ने बताउनु भएको हो ।

केन्द्रको रजत महोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवद्र्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान पनि गर्नु भयो । उहाँले भन्नु भयो, ‘कम खपत गरेर ऊर्जा दक्षता वृद्धि गर्न सो सम्बन्धि कानुन सरकारले तत्काल ल्याउनु पर्दछ । र यस क्षेत्रका कार्यरत संघ, संस्था, विज्ञ तथा नीति निर्माताहरुले पनि आफ्नो क्षेत्रबाट ऊर्जाको दक्षता वृद्धिका लागि आवश्यक प्रबन्ध गर्न ढिलाई गर्न हुन्न ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विगत ३ वर्षयता ऊर्जा दक्षताको क्षेत्रमा काम गरिरहेको छ । कोभिडका विरामीहरुको उपचारमा समस्या नआउने गरी ऊर्जा खपत गर्ने गरी राष्ट्रिय स्तरका विभिन्न अस्पतालमा केन्द्रित भएर ऊर्जा दक्षता सम्बन्धि कामलाई अघि बढाएको पनि केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिनु भयो । त्यसैगरी उद्योग क्षेत्रमा पनि ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक प्रविधिको विकासमा केन्द्रले काम गरिरहेको छ ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु र ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरु, सम्बन्धित संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका छन ।  




भर्खरै