१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि बिरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आईतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज (सोमबार) पनि बिरोध प्रदर्शन जारी राखेका हुन् ।

प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भने पन्छिएको आरोप लगाउनुभयो । देशको परिस्थिती यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई अनसुनी गरेको बताउनुभयो । वरिष्ठ अधिवक्ता ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर र अनसुनी भएर बस्ने हो भने राजनीतिक दलहरुतिर नै आन्दोलन लक्षित हुने बताउनुभयो ।

वरिष्ठ अभिवक्ता ढुंगानाले भन्नुभयो, ‘राजीनामा आउँछ भन्ने हो, आउँदैन भन्ने प्रश्नै स्वीकार गर्दैनौँ, यो वकिलहरुको मात्रै प्रदर्शन होइन, न्यायाधीशहरुले पनि बहिष्कार गरेका छन्, उहाँले यो दबावलाई कुनै न कुनै किसिमले निकास दिनुपर्छ, कता कता अदालतको स्वतन्त्रतामाथि दखल हस्तक्षेप गर्न मिल्दैन भनेर राजनीतिक दलहरु पलायन हुन खोज्नुभएको छ,हस्तक्षप गर्न मिल्दैन तर यत्रो जनमत, वकिलको मत, न्यायाधीशहरुको बहुमतलाई अनसुनी गर्न मिल्दैन, उहाँहरुले त्यहाँ गल्ती गरिरहनुभएको छ,हस्तक्षेप नगरी निकास खोज्ने काम राजनीतिक दलको हो, यदि राजनीतिक पार्टी यसमा निरपेक्ष भएर बस्छ भने अझ धेरैदिन अनसुनी गरेर बस्छ भने यो आन्दोलन पार्टीहरु तिर पनि लक्षित हुन्छ, किनभने पार्टीहरु गैर जिम्मेवार भए, भागबन्डा भनेको त पार्टीहरुकै कारणले हो, प्रधानन्यायाधीशको मात्रै होइन, यो लम्बियो हाम्रो माग पूर्ति भएन भने हामी पार्टीप्रति लक्षित हुन्छौँ, अदालत बिग्रिए संविधान नै चल्दैन, अदालतको फोहोर सफा गर्नैपर्छ ।’

नेपाल बार एशोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताउनुभयो । उहाँले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने बताउनुभयो ।

उपाध्यक्ष बस्यालले भन्नुभयो, ‘हामीले केही दिनअघि प्रधानन्यायाधीशलाई अनुरोध गर्यौं, सम्माननीय ज्यू, कम्तिमा तपाईले आफ्नो इजलासमा पेशी नराखिदिनु, नेपाल बारले प्रेस विज्ञप्ति पनि जारी गर्यो, र आज सम्माननीय ज्यूले आफ्नो इजलासमा पेशी राख्नु भएको छैन,राम्रो शुरुवातको रुपमा लिएका छौँ, हामीले राजीनामा मागेका छौँ ब्याक गर्दैनौँ, उहाँले मार्ग प्रशस्त गर्नुहुनेछ भन्नेमा विश्वास राखेका छौँ, न्यायपालिका सुधारका लागि जे जति एजेण्डा छन्, त्यसलाई हामी सुधार्न लागि पर्नेछौँ ।’

उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरु लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।