टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पाकिस्तान प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कप्तान बाबर आजम र मोहम्मद रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो ।
नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै क्रिग विलियम्सले ४० तथा स्टेफन बार्डले २९ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रनको विशाल स्कोर खडा गरेको थियो ।
पाकिस्तानका लागि बाबरले ७० रनको अर्धशतकीय पारी खेले । उनले ७ चौका प्रहार गरे । त्यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रन बनाए । मोहम्मद हाफिजले ३२ रन बनाए ।
यो जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ ।
यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ ।
यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेको भारत दुबै खेलमा पराजित भएसँगै अंकविहीन छ ।
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | ४ | ८ | अफगानिस्तान | ३ | ४ |
अस्ट्रेलिया | ३ | ४ | पाकिस्तान | ४ | ८ |
दक्षिण अफ्रिका | ४ | ६ | भारत | २ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | २ | २ |
श्रीलंका | ४ | २ | स्कटल्यान्ड | ३ | ० |
बंगलादेश | ४ | ० | नामिबिया | ३ | २ |
एजेन्सी