२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, लेवान्डोस्कीले गरे ह्याट्रिक



अ+ अ-

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 

समूह चरणको खेल अन्तर्गत मंगलबार राति बायर्नको मैदानमा भएको खेलमा बायर्नले पोर्चुगीज क्लब बेन्फिकालाई ५-२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । 

उनले खेलको २६, ६१ र ८४ औं मिनेटमा गोल गरेका हुन् । यस्तै ३२ औं मिनेटमा सर्ज गनाब्री र ४९ औं मिनेटमा लेरोइ सानेले गोल गर्दा बायर्न ५-२ गोलले विजयी बन्यो । 

यता बेन्फिकाका लागि ३८ औं मिनेटमा मोराटो र ७४ औं मिनेटमा डार्विन नुनेजले गोल गरे । 

 




भर्खरै