एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबले नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोलीपल्ट मंगलबार कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।
सम्झौता थप्ने विकल्पसहित कोन्टेले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् ।
कोन्टेले चेल्सीलाई २०१६/१७ मा प्रिमियर लिग उपाधि दिलाएका थिए भने २०१८ मा एफए कपको उपाधि दिलाएका थिए ।
गत सिजन उनले इटालियन क्लब मिलानलाई सिरि ‘ए’ जिताएका थिए ।