१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राई ?



अ+ अ-

विराटनगर । प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा मंगलबार तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभयो । यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र उहाँले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो । 

आचार्यले विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि सोमबार राजीनामा दिएपछि मुख्यमन्त्री बन्नुभएको राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ तथा सहयोगबाट मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका–१० सुर्केमा भएको थियो । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमध्ये कान्छा सदस्य उहाँले विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

विद्यालयको अखिल एकाइ सचिवबाट सुरु गर्नुभएको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म हुनुभएको छ । विसं २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उहाँले लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको छ । एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उहाँ पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बन्नुभएको थियो । उहाँ दुई कार्यकाल लगातार अध्यक्ष हुनुभएको थियो ।

लामो समय अखिल राजनीतिमा सक्रिय उहाँले पहिलोपटक २०६८ मा पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएर पार्टीमा सक्रियता बढाउँदै लैजानुभयो । उहाँ विसं २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्दै उहाँ २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट निर्वाचित हुनुभएको थियो । 

पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुभएका उहाँले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताउनुभएको थियो । माओवादी द्वन्द्वकालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा परी एक सातासम्म माओवादी कब्जामा रहनुभएको थियो ।