१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

प्रदेश २ः पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

प्रदेश २ः पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
अ अ+ अ-

धनुषा । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् ।

यसअघि २०७७ २६ असोजमा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा राजेश झा अहिराजसमक्ष प्रस्तुत गरिँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले त्यतिबेला फिर्ता भएको सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको जानकारी दिए । उनले भने, “पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो, यसमा कुनै कुरा थपघट वा परिमार्जन गरिएको छैन ।” 

प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको उक्त विधेयकअनुसार विभिन्न १५ विधामा पदक प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण र प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ । यस्तै प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक र सामाजिक अभियन्ता पदकको समेत व्यवस्था गरिएको छ ।

आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बढाएका व्यक्तिलाई प्रदेश रत्न पदक दिइनेछ । अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा पदक, प्रदेशको पहिचान, उत्थानको लागि योगदान पुर्याउने व्यक्तिलाई रमेश महतो पदक दइनेछ । जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइनेछ । समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक विषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री पदक दिइनेछ ।

कला, भाषा, साहित्य, सङ्गीत, शिक्षा, खेलकुद विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक, प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधि गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्याभूषण, इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकारमातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक तथा शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट योगदान पु¥याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट पदक दिइनेछ । 

प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक, सङ्घीयता स्थापनाका लागि जीवन आहुती दिनेलाई प्रदेश विभूति पदक तथा विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक प्रदान गरिनेछ ।

त्यसैगरी कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसान रत्न पदक, प्रदेशभित्रको पर्यटन क्षेत्रका विषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक र सामाजिक सद्भाव छुवाछूत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदक दिइनेछ । पदकसहित नगद पुरस्कारसमेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशि तथा नगद पुरस्कारसम्बन्धी अन्य व्यवस्थापछि तोकिने विधेयकमा उल्लेख गरिएको छ ।