२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय बजारमा नेपालको बिजुली



अ+ अ-

काठमाडौं । लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको  छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ । 

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५  मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा  बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी  निर्देशक कुलमान घिसिङले जानकारी  दिए  ।

यस्तो अनुमति पाउने नेपाल दक्षिण  एसियामै पहिलो देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी  र ४५  मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् पनि भारतीय   बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ  । यो समाचार गोरखापत्र दैनिकमा छ ।




भर्खरै