१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानन्यायाधीशले सर्त तोडे’



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। 

सम्मानजक बहिर्गमनको प्रस्ताव स्विकार्दै बन्दीका मात्र मुद्दा हेर्ने सर्त राखेका न्यायाधीश अन्य मुद्दाको पनि पेसी तोकिएको भन्दै इजलास नगएका हुन्। सोमबार बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने भद्र सहमति भएको तर मंगलबार अन्य विषयका मुद्दाको पनि पेसी तोकिएको आरोप उनीहरूले लगाएका छन्।

‘आज बेन्च बसिएन। हिजोको भद्र सहमतिविपरीत बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि राखिएकाले इजलास गएनौं’,एक न्यायाधीशले भने, ‘ग्रेसफुल एक्जिटको प्रस्ताव आएपछि हामीले बन्दीका मात्र मुद्दा हेर्ने सहमति जनाएका थियौं।’ मंगलबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलासमा बैंकिङ कसुरसहित बन्दी प्रत्यक्षीकरणका १० मुद्दा तोकेका थिए। उनले आफूलाई भने पेसी तोकेका थिएनन्।

बन्दी प्रत्यक्षीकरणसँगै अरू मुद्दा पनि जोडिएकोमा न्यायाधीशहरूको आपत्ति छ। उनीहरूले सम्मानजनक बहिर्गमनको पनि परिभाषा हुनुपर्ने बताएका छन्। प्रधानन्यायाधीशले भने बहिर्गमन कहिले भन्ने विषयमा लचिलो हुनुपर्ने बताएका छन्। आफूले न्यायपालिका सुधारको काम गर्न पाउनुपर्ने उनको भनाइ छ।

तर न्यायाधीशहरू उनको भनाइमा सहमत छैनन्। ‘न्यायपालिका सुधारको कुरा यसअघि नै गर्नुपथ्र्यो। राजीनामाको माग उठेपछि मात्रै सुधारका कुरा गर्नु गलत हो’, एक न्यायाधीशले भने, ‘कार्यपालिकाबाट न्यायपालिकामा हस्तक्षेप हुन दिएपछि सुधार गरेर हुन्छ रु अहिलेको एकमात्र विकल्प भनेको प्रधानन्यायाधीशले निकास दिनु नै हो।’ यसका लागि कात्तिक मसान्तसम्मको समय दिन सकिने न्यायाधीशहरूले बताएका छन्।

यस बीचको अवधिमा पनि प्रधानन्यायाधीशले आफ्ना लागि इजलास तोक्न नपाउने, बन्दी प्रत्यक्षीकरणका मुद्दामात्रै पेसी चढाइनुपर्ने सर्त उनीहरूको छ।‘फेरि पनि छलछाममा अदालत चलाउने, झुक्याउन खोज्ने हो भने हामीलाई मान्य हुने छैन’, एक न्यायाधीशले भने। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।