१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ । मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । 

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उहाँले भन्नुभयो, “मतदानपछि प्रिन्ट गर्‍यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ ।”

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ । यसमध्ये १५ पदाधिकारी छन् । उहाँका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक , उपाध्यक्ष चार , महासचिव एक , उपमहासचिव एक  र सात  सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ । 

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो । महाधिवेशन  आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदै छ। रासस