१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत परिसरमा वकिलहरूको प्रदर्शन जारी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ ।

वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन सो समूहले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन रहेको भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने टुंगोमा वकिलहरु पुग्न सकेका छैनन् ।

आज साँझसम्म प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको एक वकिलले जानकारी दिए ।