१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार (भिडियो रिपोर्ट)

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार (भिडियो रिपोर्ट)
अ अ+ अ-

काठमाडौं । आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइएको छ । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कुकुरको पूजा गरेर मनाइएको हो । आजको दिन कुकुरलाई मिठो–मिठो परिकार खुवाइ, फूलमाला लगाएर पूजा गर्ने प्रचलन रहँदै आएको छ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिँदै आइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ७ः१४ बजेपछि कुकुरको पूजा गर्ने साइत दिएको थियो । सोही अनुसार पूजा गरिएको छ । घरको सुरक्षाको निम्ति कुकुर पाल्ने गरिएको छ । नेपालको पहाडी भू–भागमा त एक घर एक कुकुर अनिवार्य जस्तै रहेको देख्न सकिन्छ ।

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखाले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भुमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ । विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराएको नेपाल प्रहरी केनाइन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक डा। देउती गुरुङले बताउनुभयो ।

कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरु भेटेमा पहिलो अनुसन्धानमै कुकुर समावेश हुने भन्दै उहाँले अनुसन्धानमा कुकुरले निकै नै सघाउने गरेको उल्लेख गर्नुभयो । कुनै घटना हुनासाथ सर्वसाधारणले समेत अनुसन्धानमा कुकुरलाई समावेश गराउन माग गर्ने गरेको उहाँले बताउनुभयो ।

आफूहरुलाई सघाउने कुकुरहरुको पूजा गर्न पाउँदा खुशी लागेको अनुभूति उहाँले व्यक्त गर्नुभयो । महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।